योग्य नागरिक निर्माणार्थ ‘भाउअ पत्रकारिता’
सुर्खेत | भदौ १८, २०८१
कर्णाली: ‘भाउअ पत्रकारिता’ सुन्दा अनौठो लाग्न सक्छ । यहाँको एक संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले ‘भाउअ पत्रकारिता’ सुरु गरेका छन् ।
चन्दननाथ नगरपालिका– ५ जुम्ला खलङ्गास्थित एसिया इन्टरनेश्नल इङलिस स्कुलका बालबालिकाले ‘भाउअ (बाल) पत्रकारिता’ सुरु गरेका हुन् ।
यसमार्फत् ‘भाउअ पत्रकार’हरुले विद्यालयमा अध्ययन गर्नुका साथै समाजका सबैखाले गतिविधिको सूचना सङ्कलन गरी कोरपाटी अनलाईनमार्फत नागरिक तहमा पु(याउन हरेक बिहान समाचार सम्प्रेषण गर्दछन् । यसमा कक्षा आठ र दशका ४४ बालबालिकाले दैनिक विद्यालय र समाजमा घटित घटनाको सूचना सङ्कलन गर्दै आइरहेका छन् ।
उक्त स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले ‘भाउअ पत्रकारिता’ समाज रुपान्तरणको द्योतक भएको बताउनुभयो । राज्यका सरकारी, सामुदायिक, सार्वजनिक, निजी तथा सरोकारवाला सबैलाई आफ्नो कामप्रति जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यो सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
“भाउअ पत्रकारले जो कोहीसँग जिज्ञासा राख्ने एवं प्रश्न मात्र गर्दैन, यसले देश दुनियाँले के गरिरहेको छ । समाजको प्रकृति, स्वरुप र संरचनाका बारेमा पनि अध्ययन, अनुसन्धान गर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो व्यक्तित्व विकासका साथै सरोकारवालालाई कर्तव्यनिष्ठ, नागरिकमैत्री र जवाफदेही बन्न उत्प्रेरित गर्दछ ।”
यसबाट बालबालिकालाई घोकाउने, कण्ठ गर्न लगाउने नभइ मैदानमै पुगी जिज्ञासु भएर सिक्ने वातावरण निर्माण गराउने र सिकाईमैत्री क्रियाकलापमा जोड दिने कुराले अपेक्षित प्रतिफल प्राप्त हुने उहाँको भनाइ छ ।
बन्द कोठाको सीमा तोडेर नैतिक तथा व्यवहारिक ज्ञान र शिक्षा आर्जनका लागि समाज, प्रकृति, पर्यावरणसँग अन्तरघुलित हुने अवसर प्रदान गरी बालबालिकालाई खोज अनुसन्धानमा ‘भाउअ पत्रकारिता’ले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।
उहाँका अनुसार ‘भाउअ पत्रकारिता’ले बालबालिकाको डर घटाउनेछ । कोठाभित्र घोक्ने संस्कृति विस्थापित गर्नेछ । प्रविधि, सूचना, सञ्चार र यसको महत्वबारे बोध गराउनेछ ।
४४ ‘भाउअ पत्रकार’ हरेकले ‘महिनामा मिडियाका लागि एक दिन’ कुनै क्षेत्रको सूचना सङ्कलन गर्ने र प्रत्येक दिन बिहान ७ बजे समाचार वाचन गर्ने कार्यतालिका बनाइएको छ । यसबाट सामाजिक व्यक्तित्व निर्माणका लागि वादविवाद, अन्तरवार्ता, समूहगतरुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत गरिने उहाँले बताउनुभयो ।
उक्त स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा करुणा रावलले ‘भाउअ पत्रकारिता’ले व्यक्ति, समाज र समुदाय बुझ्न सहयोग पुगेको बताउनुभयो । “कक्षा कोठामा बसेर किताबमा अक्षर पढिँदो रहेछ । बाहिर पुग्दा व्यक्ति र समाजको आचारण बुझिँदो रहेछ,” रावलले भन्नुभयो, “थोरै समयमा पढेर सिक्ने भन्दा भोगेर सिक्ने कुरा बढी खँदिलो हुँदोरहेछ ।”
छात्र सङ्गम भण्डारीले ‘भाउअ पत्रकारिता’ले नयाँ खोजप्रति जिज्ञासा जगाएको बताउनुभयो । पत्रकारितामार्फत श्रम संस्कृतिको सम्मान, बालविवाह, कुप्रथा, भ्रष्टाचार, स्वास्थ्य तथा शिक्षाको अवस्था, सरसफाइ, खाना संस्कृति, वन्यजन्तु, वन वातावरण संरक्षणलगायतका विषयलाई संवाद, लघुनाटक, वक्तृत्वकला, निबन्ध प्रतियोगिता जस्ता गतिविधि गरेर समाजलाई सही सन्देश दिने कोसिस गरिने उहाँले बताउनुभयो । कर्णाली क्षेत्रमा बालबालिकालाई भाउअ भन्ने गरिन्छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

